|

हेटौंडा : मकवानपुर राक्सिराङ–४ मा रहेको हेटौंडास्थित ऋद्धिसिद्धी सिमेन्ट उद्योगको गिङ्ङु खानीका कारण स्थानीयबासी स्थानीय त्रसित छन्।

खानीमा प्रशासनले अनुगमन गरी काम रोक्न निर्देशन दिएको थियो। तर उद्योगले त्यसलाई बेवास्ता गरेपछि स्थानीयले बाटो अवरुद्ध गरेका छन्। आइतबार  साँझ  स्थानीयले खानी उत्खनन मर्स्याङ्दी क्षेत्रमा टिपर रोकेर खानीबाट उत्खनन् गरी ल्याइएको कच्चा पदार्थलाई खन्याएका छन्।

स्थानीय जनसरोकार समितिका अध्यक्ष गोपाल तामाङका अनुसार ५०/६० जना स्थानीयको टोलीले टिपर छेकेर कच्चा पदार्थ झार्न लाएका हुन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उद्योग व्यवस्थापनलाई त्यहाँका जनताको माग सम्बोधन गरेर खानी सञ्चालन गर्न भने पनि निर्देशन अवज्ञा गर्दै खानी सञ्चालन गरेपछि स्थानीय आक्रोशित भएका हुन्।

उद्योगले गत सातादेखि खानी उत्खननको काम गरिरहेको छ। स्थानीयको उचित व्यवस्थापनबिना नै खानी सञ्चालन गरेपछि गिङुङुका करिब एक दर्जन परिवार विस्थापित भइसकेका छन्।

अन्य करिब एक दर्जन परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको स्थानीय बलराम चेपाङले बताए। स्थानीय जनप्रतिनिधिले प्रभावित बासिन्दालाई कुनै जानकारी नै नदिई उद्योगसँग सहमति गरेर खानी सञ्चालन गर्न दिएको स्थानीयको आरोप छ।

उक्त खानी सञ्चालन हुँदा उद्योगको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका ६५ परिवार विस्थापित हुने र २५ हेक्टर जमिन प्रभावित हुने उनीहरुको भनाइ छ। खानी प्रभावित स्थानीयलाई थाहै नदिई गाउँलेको हितविपरीत सम्झौता गरेको भन्दै स्थानीयले विरोध गरेका थिए।

खानी विभागले हालसम्म गिङ्ङु डाँडामा ऋद्धिसिद्धी सिमेन्टले उत्खनन अनुमति लिइनसकेको जनाएको छ। गिङडु डाँडादेखि गोराङ्दी खोला किनारसम्म भिरालो जमिनमा रहेको बस्ती खानी सञ्चालनपछि उच्च जोखिममा रहने भन्दै खानी विभागको अध्ययन टोलीले उक्त बस्तीलाई अन्यत्र सारेर मात्र खानी सञ्चालन गर्न सकिने प्रतिवेदन विभागमा बुझाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.