|

काठमाडौं : उखुको मूल्य दिलाइदिन माग गर्दै काठमाडौं आइपुगेका किसानहरूले आज पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

सर्लाहीलगायतका विभिन्न जिल्लाबाट उखु किसानहरू काठमाडौं आइरहेका छन्। एक सयभन्दा बढीको संख्यामा किसानहरू काठमाडौं आएका र थप आउँदै गरेको किसान संघर्ष समितिका सचिव हरेश्याम राय यादवले जानकारी दिए। 

गत वर्षको पुस १८ गते सरकारसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने मागसहित किसानहरू काठमाडौं आइपुगेका हुन्। सहमतिको एक वर्ष बित्दा पनि किसानहरूले उखु मिलबाट पाउनुपर्ने झण्डै ९० करोड बक्यौता रकम पाउन नसकेको सचिव यादवको गुनासो छ।  साथै सरकारले उपलब्ध गराउने भनिएको मल, बिउ, कटिङ मेसिन जस्ता सुविधासमेत पाउन नसकेको किसानहरुको गुनासो छ।

यसैबीच किसानको आन्दोलनमा गायक बद्री पंगेनी  ऐक्यवद्धता जनाउँदै माइतीघर मण्डलामा धर्नामा बसेका छन्। त्यस्तै, विवेकशील साझाले पनि किसानहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.