काठमाडौं : गत चैतदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ। मन्दिर खुला भएपछि बिहानैदेखि पशुपति दर्शनका लागि भक्तजन पुगेका छन्।
मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ।
पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।