|

काठमाडौं : चिनी मिलले दिन बाँकी उखुको पैसा दिलाइदिन माग गर्दै उखु किसान हलो-जुवा बोकेर माइतीघरमा प्रदर्शन गरेका छन्। वर्षौँदेखि उखुको भुक्तानी नपाएपछि उनीहरु काठमाडौं आएका हुन्। तीन तहको सरकार भएको देशमा अझै उनीहरुको कुरा सुनुवाइ गरिएको छैन। काठमाडौंको चिसोसँग पौंठेजोरी खोज्दै उनीहरु आफ्नो पसिनाको मूल्य दिन आग्रह गरिरहेका छन्। 

केही दिनअघि काठमाडौं आएका उनीहरुले बिहिबार पनि माइतीघरमा प्रदर्शन गरे। केही चिनी मिलले किसानमाथि भारतीय नागरिकको आरोप लगाएका छन्। तर, उनीहरू भने नागरीकता पनि साथमा बोकेर आएका छन्। बुधबार उखु सहित प्रदर्शन गरेका किसानले आज भने खेति गर्ने औजारसहित प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले यो पटकको आन्दोलन नै वार-पार गर्ने हिसाबले काठमाडौं आएका हुन्।  यसपाली महिनौं आन्दोलन गर्नुपरे पनि आन्दोलन गर्ने तर आफ्नो पसिनाको मूल्य लिएर जाने उनीहरूको ठहर छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.