|

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले आज संसद विघटन गरेपछि यसको देशभर विरोध भइरहेको छ। खासगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेता तथा कार्याकर्ताहरुले आज काठमाडाैंका विभिन्न स्थानमा प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमको विरोध गरेका हुन्। 

विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, विवेकशील साझा तथा स्वतन्त्र रुपमै मानिसहरुको उपस्थिति थियो। साथै सत्तारुढ नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल खेमाका नेता तथा कार्यकर्ता ओलीको विरोधमा उत्रिएका छन्। 

प्रदर्शनकारीहरुले राष्ट्रपतिको कदम 'असंवैधानिक', 'सर्वसत्तावादी', 'राष्ट्रघाती संसद विघटन तत्काल फिर्ता गर' जस्ता प्लेकार्ड बोकेका थिए। काठमाडाैंको माइतीघर, बानेश्वर, थापाथलीलगायत ठाउँ प्रदर्शनकारीको ठूलो संख्या देखिएको थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.