|

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठक जारी छ। बबरमहलस्थित कार्की बेङ्क्वेटमा बैठक चलिरहेको छ। 

बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत  नेताहरुको सहभागी छन्। 

आजको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षले जनाएको छ। यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै यसलाई केन्द्रीय समिति बैठकमा लैजाने निर्णय लिएको थियो। 

बैठकले प्रधानमन्त्री ओलीलाई कारबाही गरेर नेता नेपाललाई अध्यक्ष बनाउने तयारी गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.