|

काठमाडौं :  अभिनेता नाजिर हुसेन र अभिनेत्री आँचल शर्मा अभिनित 'बाग्मतीको पुल' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा नाजिर र आँचलको नृत्य देख्न सकिन्छ।

सार्वजनिक गीतमा राजमन तामाङ र मेलीना राईको स्वर सुन्न सकिन्छ। दीपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन्।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिव समरको करीयोग्राफी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रीम पराजुलीको सम्पादन रहेको छ। भिडियोका कला निर्देशक मनीक पाख्रीन हुन्।

शान्त कुमार थापा मगरको लगानीमा निर्माण भएको भिडियो 'एटके मोशन पिक्चर्स'को च्यानलबाट सार्वजनिक गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.