|

सुर्खेत : कर्णाली प्रदेशका दुई जना बहालवाला मन्त्रीले गुट परिवर्तन गरेका छन्। कर्णाली प्रदेशसभामा नेकपामा प्रधानमन्त्री ओली समूहको तर्फबाट प्रदेश सरकारमा बहाल रहेका मन्त्री प्रचण्ड नेपाल समूहमा लागेका हुन्।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल प्रचण्ड–नेपाल समूहमा गएका  हुन्। मन्त्री रावललाई ओली समूहले भने केन्द्रीय सदस्य बनाएको थियो।

प्रदेशसभाको विद्यायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय भने कर्णालीमा ओली क्याम्पनजिक देखिए पनि केन्द्रमा माधव नेपाल समूहमा पहिलेदेखि नै थिए। ‘म त पहिलेदेखि नै नेपाल समूहमा छु, म अहिले आएको होइन,’ रोकायले स्पष्ट पारे।

यता, अर्का मन्त्री पनि ओली खेमा छोड्ने तयारीमा रहेका छन्। मुख्यमन्त्री नजिकको स्रोतका अनुसार प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा पनि ओली खेमा छोडेर प्रचण्ड नेपाल खेमामा लाग्ने अन्तिम तयारी भएको छ।

खासगरी जिल्लाको टिमसहित खेमा परिवर्तन गर्ने तयारीमा रहेको स्रोतको दाबी छ।

योसँगै कर्णाली प्रदेश सरकार पूर्ण सुरक्षित भएको छ। यसअघि दुईजना साविकका माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर विष्ट ओली समूहमा गएसँगै  कर्णाली प्रदेश सरकार असुरक्षित भएको भन्दै चर्चा चलेको थियो।  अब भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार पूर्णरूपमा सुरक्षित देखिएको छ।

पछिल्लो हिसाबअनुसार कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना तथा प्रचण्ड–नेपाल समूहमा २२ जना (मन्त्री बुढासहित) पुगेका छन्। मन्त्री हुने दाउमा ओली पक्षमा लागेका पूर्व-माओवादी प्रदेश सभा सदस्यहरु भने जिल्लिएका छन्।

हुम्लामा प्रचण्ड-नेपाल समूह बलियो

यसैबीच कर्णालीमा नेकपाको ओली समूह बलियो रहेको दाबी भइरहेका बेला भने हुम्ला जिल्लाका मूल नेतृत्व प्रचण्ड-नेपाल समूहमा नै रहेको विज्ञप्ति जारी भएको छ।

विज्ञप्तिअनुसार प्रचण्ड नेपाल समूहमा नेकपाका हुम्ला जिल्लाका अध्यक्ष लालकेश जैसी, जिल्ला इन्चार्ज विजय भण्डारी, छक्कबहादुर लामा, उनका स्वकीय सचिव नेत्र महतारा, छिर्मीदोर्जी लामा, हस्तबहादुर शाही, कलबहादुर हमाल, लोकबहादुर हमाल, ज्ञामी बुर्मी, तीर्थराज रोकाया, कार्चेन लामा, पूर्णप्रसाद ढकाल, शिवराज शर्मा, महेन्द्रबहादुर शाही उभिएका छन्।

यस्तै, अदानचुली गाउँपालिका उपाध्यक्ष सौमती ऐडी र ताजाँकोट गाउँपालिका अध्यक्ष बागदल मल्ल, उपाध्यक्ष मञ्जु बुढा, गोपाल बुढा, अखवीर खड्का, चखेली  गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, सर्केगार्ड गाउँपालिका अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोशी धामी, नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर

लामा, नरदीप थापा, डबल रावत, मुस्कान लामा, अजमल बुढा, दलपती नेपाली र युवा संघ हुम्लाका संयोजक सुवास रोकाया, सहसंयोक कार्मा लामा, केन्द्रीय सदस्य अखिल शाही, प्रेमा लामा, उपेन्द्र शाहीलगायतका नेता–कार्यकर्ता प्रचण्ड–नेपाल समूहमा उभिएका छन्। ओली पक्षभन्दा हुम्लामा प्रचण्ड–नेपाल पक्षले आफ्नो बहुमत रहेको दाबी रहेको  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.