|

काठमाडौं : मोहन थपलियाको 'तिम्रो साथले' बोलको गीत सार्वजनिक भएको छ। आकाश श्रेष्ठ र राशी सुवेदीले अभिनय गरेको गीतमा थपलिया र स्मिता दाहालको स्वर रहेको छ। गीतमा मदन लम्सालको शब्द रहेको छ भने संगीत स्वंय थपलियाले गरेका हुन्।

गीतको एरेन्ज भने किरण कडेलले गरेका हुन्। गीतको कोरियोग्राफका भने बबिता पोखरेलले गरेकी छिन्। गीतको दृश्य बुद्ध थापाले गरेका छन् भने सम्पादन विकास धमलाको रहेको छ। गीतको  निर्देशन निकेश खड्काले गरेका छन्। गीत ओएसआर डिजिटलबाट बजारमा आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.