|

बलिउडमा फरक अभिनयले चर्चित अभिनेता स्वर्गीय इरफान खानको आज जन्मदिन हो। उनी जीवित हुन्थे भने आज उनी ५५ वर्षका हुन्थे। गएको २९ अप्रिल  २०२० मा उनको मृत्यु भएको थियो।

उनले 'सलाम बम्बे', 'मकबुल', 'पानसिंह तोमर', 'लञ्चबक्स', 'हाइदर', 'हिन्दी मिडियम'जस्ता चलचित्रमा अभिनयमा आफ्नो अभिनय क्षमता देखाइसकेका छन्।हलिउडमा समेत उनले केही सफल फिल्म छाडेर भए। हलिउडमा आफ्नो दक्षता देखाउने थोरै मात्र भारतीय कलाकारमध्ये उनी एक हुन्। 'स्लमडग मिलिनियर', 'जुरासिक वर्ल्ड', 'अमेजिङ स्पाइडर–म्यान' तथा 'लाइफ अफ पाइ' मा फिल्मबाट उनले हलिउडमा भारतीय कलाकारको उपस्थिति देखाएका थिए। 

उनको जीवनसँग सम्बन्धित केही कथा 

पहिलो फिल्ममा नै सपना टुट्यो

खानको पहिलो फिल्म 'सलाम बंबई' थियो। फिल्म निर्देशक मीरा नायरले इरफानलाई कलेज वर्कशपमा देखेकी थिइन्। मीराले उनलाई मुम्बईमा एक कार्यशालामा उपस्थित हुन प्रस्ताव गरिन्। इरफानका लागि यो खुसीको कुरा थियो। २० वर्षीय इरफान मुम्बई आइपुगे। मीराले भाडामा लिएका रघुवीर यादवसँग फ्लाटमा बस्न थाले।

फिल्मको कहानी मुम्बईको सडक बच्चाहरूमा आधारित थियो। इरफान कार्यशालामा केही वास्तविक सडक बच्चाहरू सहित वर्कशपमा थिए। किनभने उनलाई फिल्ममा सडक सलीमको भूमिका प्रदान गरिएको थियो। यद्यपि शुटिङ सुरु हुने दुई दिनअघि मीराले इरफानको भूमिका घटाइदिइन्।

उनलाई लेखकको भूमिका दिइन्। उक्त भूमिका फिल्मका लागि महत्वपूर्ण थिएन।  तर, इरफानले मुख्य भूमिकाको लागि मिहिनेत गरेका थिए। पहिलो फिल्ममा नै मूख्य भूमिकामा देखिने उनको सपना टुटेको थियो। तब इरफानले आफ्ना साथीहरू रघुवीर यादव र सोनी तारापोरवालाको काँधमा टाउको राखेर धेरै रोएका थिए। इरफानले एक अन्तर्वार्तामा भनेका थिए, 'मलाई याद छ मैले सारा रात रोएको थियो जब मीराले मलाई भूमिका निभाउन भनेकी थिइन्।'

'जब अमेरिकामा ६ महिना खर्च गर्न मैले केवल १० लाख रूपैयाँ पाएँ'

'सलाम बम्बई' मा अभिनय गरिसकेपछि मीराले उनलाई अर्को फिल्ममा मुख्य भूमिका दिने वचन दिएकी थिइन्। तर उनले आफ्नो वाचा पूरा गर्न १८ वर्ष लगाइन्। २००६ मा रिलिज भएको 'द नेमसेक' मा मीराले उनलाई मुख्य भूमिका दिएकी थिइन।

यद्यपि त्यस बेलासम्म उनीहरूको संघर्ष समाप्त भएको थिएन। फिल्मको सुटिङ दाैरान मीरा नायरले अमेरिकामा ६ महिना खर्च गर्न केवल १० लाख रूपैयाँ दिएकी थिइन्।

बुबाको निधन

अभिनेता सौरभ शुक्लाले एक अन्तर्वार्तामा खानसँग सम्बन्धित एउटा रोचक किस्सा सुनाएका छन्। एनएसडिमा इरफानका जुनिएर सौरभका अनुसार भारतमा मोबाइल फोन आएको थियो। त्यस समयमा समूहका इरफानसँग मात्र मोबाइल थियो।

उनको मोबाइलमा त्यहाँ रहेका सबै जनाको आफन्तको म्यासेज आउने गर्थ्यो। इरफान सबैको म्यासेज देखाउँथे। सौरभ भन्छन्, 'मलाई त्यो दिनको याद आउँछ, जब इरफानले मेरो बुबा बितेको खबर लिएर आएका थिए।'

इरफानले दुखद् घडीमा आफूलाई साथ दिएको सौरभले बताएका छन्। सौरभ सम्झन्छन्, 'त्यतिखेर हामीसँग थोरै मात्र पैसा हुने गर्थ्यो तर इरफानले एयरपोर्टसम्म गएर मलाई एयर टिकट किनिदिएका थिए।'

'इन ट्रिटमेन्ट' को प्रत्येक टेक अघि रुन्थे इरफान

इरफान खान अमेरिकी श्रृंखला 'इन ट्रिटमेन्ट' कोप्रत्येक दृश्यभन्दा पहिले रुन्थे। उनले २००८-२०१० बीचमा अमेरिकी टिभी श्रृंखला 'इन ट्रिटमेन्ट' मा काम गरेका थिए। झुम्पा लाहिरीको कथामा आधारित यस धारावाहिकले ब्रुक्लिनमा एक बंगाली विधवाको थेरापी देखाएको छ। इरफान यसको प्रत्येक दृश्यभन्दा पहिले रुने गर्थे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.