|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेपछि स्वास्थ्य विभाग र अस्पतालका गरी ५ जना निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका छन्। आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत निर्देशकहरूको जिम्मेवारी हेरफेर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा आरपी बिच्छालाई दिइएको छ भने हालका त्यहाँका निर्देशक डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिएको छ।

हालका इडिसिडीका निर्देशक डा वासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालय तानिएको छ। यस्तै, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा मन्त्रालयमा रहेका डा‍ मदन उपाध्यायलाई पठाइएको छ भने डा रमेश खरेललाई विभागअन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.