|

बैतडी : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनौट गरिएको छ।

नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका हरि रेग्मीका अनुसार गत मंसिरमा सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगिता र त्यसपश्चात सञ्चालन गरिएको क्याम्पमा गरेको प्रदर्शनका आधारमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। ४ जनालाई वैकल्पिक खेलाडीको रूपमा राखिएको छ। 

सन्तोष भट्टको कप्तानीमा सुदूरपश्चिम प्रदेशको टोली छनौट गरिएको हो। उप-कप्तानमा खडक बहादुर बोहरा, विकेट किपरमा अर्जुन साउद, अरुण ऐरी, गजेन्द्र बोहरा, सञ्जु दमाई, सुरज तिरुवा,किरण ठगुन्ना,विनोद लामा,शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र साउद र भोजराज भट्ट छनौट भएका छन्।

वीरेन्द्र नाथ, दिपेन्द्र सिंह ऐरी,विक्रम थापा र विकास आग्री वैकल्पिक खेलाडीका रूपमा छनौट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ। टिम व्यवस्थापनमा शेरसिंह खत्री र प्रशिक्षकमा वीरेन्द्र शाही रहेका छन्।

 प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी माघ २ गतेदेखि काठमाडौंमा हुँदैछ। जसमा ३ विभागीय र ७ प्रदेश गरी १० टोली सहभागी हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेशले पहिलो खेल माघ ५ गते बाग्मती प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा खेल्ने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.