|

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा गुडिरहेको मोटरसाइकल पोलमा ठोकिँदा एक जनाको ज्यान गएको छ।

आज (मंगलबार) साँझ ७ बजे भएको दुर्घटनामा बुद्धभूमि २ गोरुसिंगे थारु गाउँका २८ वर्षका सुरेन्द्र थारूको मृत्यु भएको हो। गोरुसिंगेबाट पत्थरकोटतर्फ जाँदै गर्दा लु१०प ७४४९ नम्बरको मोटरसाइकल सडकछेउको पोलमा ठोक्किएको थियो। 

तीव्र गतिमा गु‍डिरहेको मोटरसाइकल मोड्ने बेलामा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने बताइएको छ। मोटरसाइकलमा सवार अर्का सोही ठाउँकै २६ वर्षीय टीकाराम थारूलाई भने लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइएको छ।

घाइते थारूको खुट्टा भाँचिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका  प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.