|

स्पेनिस ला लिगा फुटबलमा एटलेटिको म्याड्रिडले सेभियालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा एटलेटिकोले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो।

एटलेटिकोको जितमा एंगल कोरिया र साउल निगुएजले एक एक गोल गरेका थिए । यो जितसहित शिर्ष स्थानमा रहेको एटलेटिकोले आफ्नो अग्रता बढाएको छ । एटलेटिकोको १६ खेलमा ४१ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ४ अंकले अगाडी रहेको छ। यद्यपी एटलेटिकोले २ खेल अझै कम खेलेको छ।

त्यस्तै सेभियाको भने १७ खेलमा ३० अंक रहेको छ र लिगमा छैठौ स्थानमा रहेको छ। गएराति नै भएका अर्को खेलमा ग्रानाडाले ओसासुनालई २-० ले नै हरायो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.