|

काठमाडौं :  वनस्थलीमा रहेको ज्यास्मिन ब्युटी पार्लर एण्ड ट्रेनिङ इन्स्च्युटले आफ्ना ४० जना प्रशिक्षार्थीलाई सम्मान गरेको छ।  काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले सहभागी प्रशिक्षार्थीलाई सम्मान गरेकी छन्।

सहभागी ४० मध्ये प्रथम सरिता मल्ल कार्की, दोस्रो सँजिता रेग्मी र तेस्रो अनुषा पन्तलाई प्रमाणपत्र र ट्रफीसहित सम्मान गरिएको थियो।​ कार्यक्रमको प्रमुख अतिथि उपप्रमुख खड्गीले महिलाहरूले चुलाचौकामा मात्र सीमित नरही राजनीति र आर्थिक क्षेत्रमा अगाडि बढनुपर्ने बताइन्। सौन्दर्यको क्षेत्रमा काम गर्दा महिलाहरूमा आर्थिक रूपमा सक्षम हुन सक्ने खड्गीको दाबी छ।

सम्मान कार्यक्रममा सहभागी  वरिष्ठ सौन्दर्यविद् विशेष अतिथि कमला श्रेष्ठले नेपालमा भएका हजारौँ सौन्दर्य कलासम्बन्धी प्रशिक्षण केन्द्रहरूमा ज्यास्मिन ब्युटी पार्लर ट्रेनिङ सेन्टर व्यवस्थित रहेको र  ट्रेनिङ सेन्टरबाट उत्पादित प्रशिक्षार्थीहरूले बाहिर गएर आफ्ना सीप देखाउनु हुनेछ भन्ने आशा गरिएको उनले प्रस्ट पारिन्।

कार्यक्रममा पार्लरका संस्थापक एवं सौन्दर्यविद् शर्मिला मुनिकारले सम्पूर्ण सहभागीलाई सम्मान गरी दशौँ उत्कृष्टमा परेकलाई मायाको चिनो प्रदान गरेकी थिइन्।

त्यस्तै, कार्यक्रममा अर्का अतिथि घरेलु तथा साना उद्योगका महासचिव डोल्मा सेर्पाले महिलाहरूले उद्योगहरूमा लाग्‍न चाहेमा सरकारले ऋण सहुलियत दिँदै आएको र त्यसका लागि आवश्यक सहयोग गर्न आफू सदैव तयार रहेको बताइन्।

कार्यक्रममा सामुदायिक प्रहरी स्वयम्भूका अध्यक्ष राजु खरेलले पनि शुभकामना मन्तव्‍य व्‍यक्त गरेका थिए। त्यस्तै बज्रकला कुञ्‍जका प्रशिक्षक निर्देशक सुदन मुनिकार र विभिन्‍न सञ्‍चारकर्मीहरूको पनि उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.