|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू कमेडियन सो देखाउन नबसेको बताएका छन्। प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'हामी यहाँ कमेडियन सो देखाउन र उत्तेजित बनाउन आएको होइनौँ। केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको कदमविरुद्ध हामी एकजुट भएका हौँ' उनले भने, 'कम्युनिस्ट आन्दोलन अझै आक्रमक खालको छ। हामीले यसलाई परिवर्तनसँग जोड्नुपर्ने समय आइसकेको छ।' 

जनताको भरोसालाई लिएर समाजवादको बाटो कोर्ने तयारी गरिरहेको उनले बताए। 'केपी ओलीसँग पार्टी एकताको प्रस्ताव लिएर गएको म नै हो। वाम गठबन्धनबाट निर्वाचनमा जाने र निर्वाचनपछि पार्टी एकता गर्ने प्रस्ताव मैले गरेको हुँ' उनले भने, 'मैले पार्टी एकताको प्रस्ताव लगेपछि आफू सकारात्मक भएको बताएका थिए।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.