काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर चार सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अध्यावधिक विवरणमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ९७ हजार ९ जनाको पिसिआर परीक्षण गरिएको छ। आज भने चार हजार एक सय ५४ जनाको कोरोना परिक्षण गरिएको थियो।
मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६६ हजार एक सय ४३ जना छन्। जसमध्ये सक्रिय संक्रमित ४ हजार चार सय ३४ छन्। बितेको २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय ३७ जना पुगेको छ भने चार सय १४ संक्रमणमुक्त भएका छन्।
हालसम्म २ लाख ५९ हजार ७ सय ७२ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या २ सय ३७ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।