बझाङ : बझाङमा चिसो बढ्दै गएपछि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई कम्बल कोसेली दिएको छ। जिल्लाको खप्तड छान्ना गाउँपालिकाले गाउँपालिकाले भरिका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई चिसोमा सहज न्यानो गर्नका लागी एक एक वटा कम्बल दिएको हो।
गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेपछि उनीहरूको मुहारमा खुसी देखिएको थियो। गाउँपलिकाका ७ वटामा रहेका रहेको १ हजार ५ जना जनालाई कम्बल कोसेली दिएको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए। उनले प्राय जसो गाउँमा जाँदा चिसोका समयमा सबै भन्दा बढी ज्येष्ठ नागरिकलाई समस्या हुने गरेकोले उनीहरूको कम्बल कोसेली दिएको समेत बताए।
अध्यक्ष रोकायाले यसका साथै ज्येष्ठ नागरिकलाई घर-घरमै गएर वर्षमा दुई पटक स्वास्थ्य परीक्षणका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको समेत बताए। कम्बल वितरण कार्यक्रममा भेटिएकी खप्तड छान्ना गाउँपालिका १ की कौसिला कामीले, बुढाको उमेर ५५ वर्ष हुँदा आफू ३० वर्षको उमेरमा विवाह गरेको र बुढाको मृत्यु भएको समेत २६ वर्ष पुगेको छ। छोरा छोरी केही छैन। उनले भनिन्, 'चिसोमा लुगा नहुँदा साह्रै समस्या हुने गरेको थियो। यो सरकारको सधैँ भलो होस्।'
गाउँपालिकाले कम्बल कोसेली दिएपछि सबै ज्येष्ठ नागरिकले गाउँपालिकाको भलो होस् भनेर सरकारलाई धन्यवाद दिएका छन्। खप्तड छान्ना गाउँपालिका ४ की ७८ वर्षीया बिस्ना सार्कीले भनिन्, 'हाम्रा लागि त सरकार नै भगवान् छन्। हामी जस्ता बेसहाराहरुका लागी उपचारका लागि घरमा डाक्टर बोलाउँछन्, चिसोमा कम्मल दिएको छ, भत्ता पनि घर घरमा दिँदै आएका छन्।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।