लोकतन्त्र जोगाउने र सिध्याउने बीच अहिलेको लडाइँ : माधव नेपाल

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा गुटवाद र व्यक्तिवाद रहेको बताएका छन्। प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'केपी ओलीमा गुटवाद र व्यक्तिवाद भए, यसै कारणले पार्टीमा समस्या भएको र यिनै प्रवृत्तिमा जुध्दै आएको छौँ' उनले भने, 'ओलीमा राजनीतिक चरित्र छैन, केही झुण्डहरूले केपी बा भन्ने गरेका छन्।' 

केपी ओलीको खुट्टा छुने गरेको भन्दै त्यसप्रति पनि उनले आपत्ति जनाए। 'केपीतिर भ्रममा परेर गएका छन्। बाध्यताले पनि गएका होलान्। उनका पार्टीमा अधिकांश मानिस त्यस्तै भएका छन्', उनले भने, 'ओलीको विभेदकारी कुरा सुनेको भन्दै आफूविरुद्ध सफाया गर्नेविरुद्ध लाग्दै उनी नांगिएका छन्। पार्टी अध्यक्ष हुँदै प्रधानमन्त्रीमा दम्भ पलाउँदै गएको छ।' 

उनले अहिलेको लडाइँ पदका लागि नभएको दाबी गरे। पार्टीमा दुवै अध्यक्षले पदको कुरा नउठाएको भन्दै व्यापक रूपमा पार्टी विचारले नचलेको कुरा उठाएको बताए। हाम्रासामु दुई ठूला कुरा भएको भन्दै उनले ओलीको भ्रममा नपर्न पनि आग्रह गरे। ओलीका भ्रम चिर्न सक्नुपर्ने भन्दै पार्टीलाई गतिशील बनाउन र धारिलो बनाउने जिम्मेवारी आफूहरूको भएको बताए। 

'केपी ओली कार्यकर्ताको मूल्यांकन गर्दा रगत जाँच्नुहुन्छ। डिनए पास भएका मान्छेलाई मात्रै पार्टीमा राख्ने गरेका छन्' उनले भने, 'त्यही ब्रान्डका मान्छे जता गए पनि तपाईंले पाउनुहुनेछ। तिनै ब्रान्डका मान्छे ओलीका हनुमान हुन्छन्।'

भिडियो :


उनले आफूहरू केपीका हनुमान नभएको बताए। 'जनताको समस्या देखेर आएका हौंँ भन्दै उनले आफ्नो जीवन पार्टीमा समर्पित छौँ। केपी ओलीले आन्दोलन र पार्टीको लागि नभई आफ्नो लागि कार्यकर्ता तयार पारेका थियौँ' उनले भने, 'पार्टी कागजमा सीमित हुन पुगेको भन्दै ओलीले पार्टी अस्तव्यस्त पारेका छन्।' 

संविधानको प्रावधानलाई उल्लंघन गरिएको भन्दै उनले केपी ओलीलाई ज्ञानेन्द्रसँग तुलना गरे। संविधानको रक्षा गर्ने बेला भएको भन्दै उनले यो प्रश्न अहिले खडा भएको पनि बताए। 

'हामी मात्र एक्लै छैनौं। संविधानको प्रावधानविरुद्ध चालिएको कदम भन्दै सबैले यसको विरोध गरिरहेका छौँ। यसविरुद्ध सबै आन्दोलनमा उत्रिएका छौँ' उनले भने, 'सबै राजनीतिक दल संघर्षमा उत्रिएका छौँ। यो लडाइँ न्याय र अन्यायबीच भएको भन्दै लोकतन्त्र जोगाउने र समाप्त पार्ने बीचको लडाइँ हो।' 

प्रतिगमनकारी सलबलाइरहेका बेला ओलीले यो कदम ल्याएका उनले बताए। 'प्रधानमन्त्री पदबाट हट्नुभन्दा सिंगै पार्टीलाई ध्वस्त बनाइदिन्छु उहाँ त विध्वंशकारी हुन्। उहाँले कहिल्यै केही बनाउनु भएन। अनि नबनाउने मान्छेले बिगार्छ' उनले भने। 

झापा जेलको चर्चा गर्दै उनले त्यहीँबाट गुट चलाइरहेका आरोप लगाए। वामदेवसँगको प्रसंग जोड्दै उनले बयलगाढा चढेर अमेरिका पुग्ने तर्कको पनि चर्चा गरे। पछिल्लो समय उहाँ परिवर्तनका कुनै पक्षसँग सहभागी नभएका भन्दै ओलीले कुनै रचनात्मक सिर्जना नदेखाएका पनि आरोप लगाए। ओली विघटनको प्रतीक भएका भन्दै उनले सकारात्मक कुनै काम नगरेका आरोप लगाए। 

संवैधानिक निकायलाई आफ्नो कन्ट्रोलमा पार्न अध्यादेश ल्याएका र पार्टीको बैठकमा विशेष अधिवेशन माग गरेको र एक चौथाइ सदस्यको हस्ताक्षर पठाए पनि कारबाही नभएको गुनासो गरे। पार्टीमा कुनै पनि नियुक्त नगरेको भन्दै ढाँटेका पनि बताए। पार्टीमा कुनै सहयोग नभएको भन्दै ओलीलाई जाली झेली भएको पनि आरोप लगाए। 

प्रधानमन्त्री घाँडो भएको भन्दै नेपाली राजनीतिमा आएर शक्तिको दुरुपयोग पनि गरेका बताए। 'पार्टीका कार्यकर्तालाई एकतामा जुट्न आग्रह समेत गरेका छन्। पार्टीमा दुई तिहाइ हैन एक तिहाइ पनि छैन। उनको शक्ति घट्दै जान्छ' उनले भने, 'अनि सडक छाप हैन सडकको धुलो पार्टी बन्छ।'

'गहन छलफलमा उहाँको कुनै रुचि भएन किनकि उहाँ व्यक्तिवादी थिए। यो लडाइँ विधि र विधानको लडाइँ भएको र पद्धति र सुशासनको निम्ति अनि समाजवादको मान्यता लागु गर्न यसबारे छलफल गर्न उहाँले मान्नुभएन तर उहाँले पार्टी नै मास्ने काम गरेका छन' उनले भने, 'यस्तो मान्छेलाई अनुशासनहीन भएकाले कारबाही गरेका हौं।'

आफूहरु तिर बहुमत भएको र ओली कमजोर हुँदै गएका उनले ओलीमा सामान्य कार्यकर्ता मात्र भएको टिप्पणी गरे। ओलीको भ्रमबाट मुक्त हुन आग्रह गर्दै आफ्नो पार्टीमा आउन उनले सबैलाई आग्रह गरे। 'नेकपा यहीँ छ सूर्य पनि यहीँ भएको भन्दै ओलीसँग अस्ताउँदो सूर्यमात्र बाँकी छ। वैशाखमा चुनाव हुने भ्रम मात्र पारिएको भन्दै केपी ओलीसँग कोही पनि डराउने छैन' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.