|

काठमाडौं :  पछिल्लो २४ घण्टामा ५ हजार ३२ सय जनाको पिसिआर गरिएकामध्ये ४ सय तीन जनामा कोरोना संक्रमण देखिएको छ। हालसम्म नेपालमा संक्रमितको संख्या दुई लाख ६६ हजार  पाँच सय ४६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ४ सय पाँच जना कोरोना मुक्त भएका छन्। योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख ६० हजार एक सय ७७ पुगेको  मन्त्रालयले जनाएको छ।

अहिले क्‍वारेन्टिनमा २३१ जना छन् भने ४  हजार चार सय २६ जना आइसोलेसनमा रहेका छन्। २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ४३ पुगेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.