|

काठमाडौं : सम्पदा अभियन्ताले कमलपोखरीको माटो लगाएर पोखरी पुनर्निर्माणको विरोध जनाएका छन्। काठमाडौं महानगरपालिकाले पोखरीको ऐतिहासिकता मास्नेगरी कंक्रिट प्रयोग गरेर पुनर्निर्माण गरेको भन्दै अभियन्ताले आज विरोध प्रदर्शन गरेका हुन्।

सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरले कमलपोखरीको ऐतिहासिकता बचाउन सम्पदा अभियन्ता र प्राकृति प्रेमीहरू मिलेर सांकेतिक विरोध प्रदर्शन गरेको जानकारी दिए। महानगरपालिकाले पाेखरी पुनर्निर्माणकाे नाममा कंक्रिट प्रयोग  गरेपछि अहिले यसकाे  विराेध भइरहेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.