काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि चौतर्फी विरोध जारी छ। नेपाली कांग्रेस समर्थित युवा प्रचार नेटवर्कले शुक्रबार माइतीघर मण्डलामा डोरी तानेर विरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्री ओलीको कदम गणतन्त्रविरोधी रहेको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्रीविरुद्ध नारा लगाएका थिए। विरोधमा प्रदर्शनकारीले डोरी तान्दै नेकपाभित्रको विवादलाई व्यंग्यसमेत गरे।
प्रधानमन्त्री ओली,पुष्ककमल दाहाल 'प्रचण्ड र माधव नेपालबीच भइरहेको पछिल्लो विवाद सत्ताको लागि भन्दै प्रदर्शनकारीले डोरी तानेका हुन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।