|

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले  देशमा राजनीतिक सङ्कटको बेला प्रधानमन्त्रीदेखि विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रारलगायत नियुक्तिमा समेत भारतीय हस्तक्षेप हुनु खतराको संकेत भएको बताएका छन्।

ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज र शारदा क्याम्पसको संयुक्त आयोजनामा शुक्रबार भएको ‘नेपालको राजनीतिक आन्दोलन र नेमकिपा’ विषय प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले यस्तो बताएका हुन्।

देशमा राजनीतिक संकट हुने बेला भारतीय विस्तारवादले देशको सिमाना मिच्ने गरेको प्रवृत्तिप्रति सरकार सजग हुनुपर्नेमा उनले जोड दिए।

अध्यक्ष रोहितले भने, ‘बेरोजगार युवाहरूले क्रान्ति गर्लान् भन्ने डरले  राणाकालमा गोर्खा भर्तीकेन्द्र खोलेको थियो भन्दै गोर्खा भर्तीकेन्द्रका सिपाहीहरूले देशको निम्ति नभई विदेशीको लागि लड्छ्न्, त्यसैले गोर्खा भर्तीकेन्द्र बन्द गर्नु आवश्यक छ।‘

नेपाली युवाहरूलाई रोजगारीको नाममा विदेशमा पठाइरहेका छन् भन्दै वैदेशिक रोजगारले देश आत्मनिर्भर नहुने पनि बताए।

क्रान्ति सफल पार्न एक ऐतिहासिक युग पनि लाग्न सक्ने धारणा राख्दै उनले क्रान्तिको लागि नयाँ पुस्तालाई तयारी गर्नुपर्ने पनि बताए। अध्यक्ष बिजुक्छेले शैक्षिक प्रमाणपत्रले मात्र मानिसको चरित्र र योग्यताको निर्धारण गर्न मिल्दैन भन्दै मुख्य कुरा विचार र व्यवहार भएको पनि बताए।

त्यस्तै कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखिे कहिल्यै पदको निम्ति काम नगरेको चर्चा गर्दै जहिले पनि नैतिकता र सिद्धान्तको राजनीति गरिरहेको बताए।

भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय सञ्चालनको तयारीमा निरन्तर जुटिरहने जानकारी गराउँदै एक न एक दिन ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्विकृति पाउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.