|

काठमाडौं :  बर्दिया जिल्लाका थारू समुदायमा ११ दशमलव ३ प्रतिशतमा सिकल सेल डिस्‍अर्डर रोग पाइएको एक अध्ययनले जनाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अनुसन्धानले यस्तो जनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानले सो कुराको पुष्टि गरेको हो। परिषद्ले ०७४ साउन देखि २०७६ पुससम्म गरेको अध्ययनमा ११ दशमलव ३ प्रतिशतमा सिकल सेल डिस्अर्डरको समस्या भएको पत्ता लागेको हो।

परिषद्ले बर्दियाका थारू समुदायमा २० हजार जनामा  अध्ययन गरेको थियो। सो अध्ययनबाट २० हजारमध्ये २ हजार २५६ जना अर्थात् ११ दशमलव ३ प्रतिशतलाई सिकल सेल डिस्अर्डर भएको पत्ता लागेको हो। जसमध्ये २ हजार १११ जना आर्थ १० दशमलव ६ प्रतिशतलाई सिकल सेल ट्रेट थियो भने १४५ जना अर्थात् शून्य दशमलव ७ प्रतिशतलाई सिकल सेल रोग थियो।

सिकलसेल डिस्अर्ड भएका २ हजार २५६ जनामध्ये सिकलविद् बिटा थालेसिमिया २३२ जना अर्थात् १० दशमलव २ प्रतिशत, सिकलवीद् डी पंजाब ६ जना, अर्थात् शून्य दशमलव ३ प्रतिशत र सिकलविद् सजेस्टिभ डी इरान ६ जना अर्थात् शून्य दशमलव ३ प्रतिशतलाई थियो।

२२५६ सिकल सेल डिस्अर्डर भएका मध्ये ‘सिकलविद् बिटा थालेसिमिया’ २३२ ९१०. २ ५० लाई थियो भने सिकल वीद् डी पंजाब ६ ९०.३ ५० लाई र सिकलविद् सजेस्टिभ डी इरान ६ ९०.३ ५० लाई थियो। ७९८२ पुरुषमध्ये, सिकल सेल ट्रेट ८७४ ९१०.९ ५० लाई थियो भने ७५ ९०.९ ५० लाई सिकल सेल रोग थियो।

त्यस्तैगरी, १२०१८ महिला मध्ये, १२३७ ९१०.३ ५० लाई सिकल सेल ट्रेट थियो भने ७० ९०.६ ५० लाई सिकल सेल रोग पाइएको थियो । ११९०२ देसौरी थारु उपसमूह मध्ये १२८४ ९१०.८ ५० लाई सिकल सेल ट्रेट थियो भने ८२ ९०.७ ५० लाई सिकल सेल रोग पाइएको थियो। त्यसैगरी, ७९४३ दंगौरी थारु मध्ये ८०१ ९१०.१ ५० लाई सिकल सेल ट्रेट र ६१ ९०.८ ५० लाई सिकल सेल रोग थियो ।

अधिकांश सिकल सेल रोग भएका सहभागीहरूले बारम्बार ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने गरेको बताएको अनुसन्धानमा उल्लेख गरिएको छ।

अध्ययनका लागि ४ हजार ७३ जना ११ देखि १५ वर्ष उमेर समुहका थिए भने १६ देखि २० वर्ष समूहका ३ हजार ४५४ जना देखिए। ती मध्ये करिब ६० प्रतिशत सहभागीहरू महिला थिए। अध्ययनमा थारू समुदायका देसौरी ५९ दशमलव ५ प्रतिशत थिए भने ३९ दशमलब ७ प्रतिशत दंगौरा थिए। अध्ययनको समयमा ११ हजार ३०३ जना अर्थात् ६५ दशमलव १ प्रतिशत अविवाहित थिए।

के हो सिकल सेल अर्थात् रक्तअल्पता?

नेपालको  सिकल सेल रक्तअल्पता सामान्यतया पश्चिम तराईको थारू जतिमा देखिने गरेको पाइन्छ। यो रोग भएका व्यक्तिमा असाधारण प्रकृतिको हेमोग्लोविन आणुहरू हुन्छन्।

जसले सामान्य रातो रक्तकोषलाई हँसिया वा अर्ध चन्द्र आकारको स्वरूपमा परिवर्तन गर्दछ। सिकल सेल ट्रेट, जसमा व्यक्तिले आफ्नो आमा वा बुबामध्ये कुनै एकबाट सिकल सेल जिन वंशानुगत रूपमा आएको हुन्छ। प्रायःसिकल सेल रोगको कुनै लक्षण देखाउँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.