लोकतन्त्रकको रक्षाका लागि संयुक्त आन्दोलनमा जाने दाबी

|

दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिस्ष्ट चरित्रमा हने कुनै गुण नै नभएको बताएका छन्। प्रेस संगठन दाङले शानिबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन्। 

'केपी ओलीमा लोकतन्त्रणमा हुने कुनै गुण नै छैन। सहनशिलता, विनम्रता, अरुको कुरा सुन्ने धैर्यता, आलोचना खप्ने सक्ने साहससमेत छैन' उनले भने, 'उदण्ड स्वभाव, बदलाको भावनबाट चल्ने व्यक्ति हुन्।' 

प्रधानमन्त्री ओलीमा लोकतान्त्रिक गुणसमेत नभएको उनले आरोप लागए। ‘लोकतन्त्र जोगाउका लागि फेरि पनि कांग्रेस र हाम्रो काँधमा आएको छ। त्यसका लागि कांग्रेससँग कुरा भइसकेको छ। अब ओलीको असंवैधानिक कदमविरुद्ध हामी संयुक्त आन्दोलनमा जान्छौँ' उनले भने। 

‘उहाँको बानी, व्यवहार, चरित्र, दृष्टिकोण, आचरणमा जुनसुकै कोणबाट हेर्दा लोकतान्त्रिक लक्षण छैनन्’ उनले भने, ‘कम्युनिष्ट चरित्रमा हुने कुनै पक्ष पनि छैन। सोच र दृष्टिकोण समाजवाद भएता पनि समाजवादप्रति उहाँलाई कुनै मतलब पनि छैन।’ उनले नेकपाको आधिकारिकआफूहरु भएको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई ओली गुटको संज्ञा दिए। 

पत्रकार भेटघाट कार्यक्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु कृष्णबहादुर महरा, वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीलगायतका नेताहरुको उपस्थिति थियो। 

अध्यक्ष नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको कार्यकता प्रशिक्षण कार्यक्रममा सहभागी हुन दाङ आएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.