|

विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ।

यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो।यो पहिलेको वर्ष स्न २०१९ को भन्दा धेरै नै कमी हो भनिएको छ। संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार यो तथ्यांक सार्वजनिक गरेको हो। उक्त तथ्यांकअनुसार सन् २०२० मा मात्र पनि विश्वका २८ करोड १० लाख नागरिक आफ्ना देशबाहिर बसेका थिए। 

उनीहरुलाई आप्रवासीका रुपमा राष्ट्रसंघीय उक्त निकायले परिभाषित गरेका छन्। शुक्रबार सार्वजनिक गरिएको विश्व आप्रवासन प्रतिवेदन सन् २०२० प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो। उक्त प्रतिवेदनमा विश्वमा आप्रवासीका रुपमा बस्न थालेका नागरिकहरुमध्ये विश्वका २० देशमा नै सबैभन्दा बढी रहेका पाइएको बताइएको छ। यसमध्ये आप्रवासीहरु सबैभन्दा बढी अमेरिकामा बस्ने गरेका छन्। 

त्यसैगरी सन् २०२० मा अमेरिकामा मात्र ५ करोड १० लाख नागरिक आप्रवासीका रुपमा बस्ने गरेका थिए। त्यसैगरी जर्मनीमा १ करोड ६० लाख , साउदी अरेबियामा १ करोड ३० लाख  र रुसमा  १ करोड २० लाख  र बेलायतमा ९० लाख  नागरिक बस्ने गरेका सो प्रतिवेदनमा उल्लेख गरिएको छ।

उता विश्वमा सबैभन्दा बढी नागरिकहरु बाहिर बस्ने देशमा भारत रहेको छ। सन् २०२० मा मात्र भारतका करिब १ करोड ८० लाख नागरिक विश्वका विभिन्न देशमा बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.