|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरू अझै पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन्। नेकपाको प्रदेश नम्बर १ को प्रधानमन्त्री केपी शर्मा ओली पक्षको अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले भने, 'नेकपाको प्रथम अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र अर्का अध्यक्ष पुष्पकमल दाहाल नै हुनुहुन्छ र वरिष्ठ नेताहरूमा माधव नेपाल र झलनाथ खनाल नै हुनुहुन्छ, हामीले कारबाही गरेका छैनौँ, हामी अझै पनि एकताकै पक्षमा छौँ।'

जनताले केपी ओलीलाई पाँच वर्षको अधिकार दिएर पठाएको भए पनि अधिकारको समयावधिभर केपी शर्मा ओलीलाई काम गर्न नदिइएको पनि उनले बताए।

नेपाली जनताले अस्थिरताको समाप्तिको लागि पाँच वर्षको सरकार बनाए पनि त्यो सम्भव नभएको पनि उनले बताए। सरकारले स्थायी सरकार र जनताको पक्षमा काम गर्दा गर्दै समस्या र बाध्यता आएको पनि उनले प्रष्‍ट पारे।

केपी शर्मा ओलीलाई अस्वीकार गरेर के गर्न खोजिएको हो? भन्दै उनले त्यसको जवाफ आगामी निर्वाचनमा जनताले देखाइदिने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.