|

काठमाडौं : साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्न नसकिएको नियमित मासिक ४१२ औँ शृङ्खला सम्पन्न भएको छ। शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठी भएको हो।

मुलुकभरका स्रष्टाहरूलाई उपस्थित गराई सिर्जनावाचन गर्ने उद्देश्यले आमन्त्रण गरिएको प्रविधिमैत्री गोष्ठीमा पूर्वको धरानदेखि काठमाडौँसम्मका स्रष्टाहरूको मात्र सहभागिता रहेको थियो। गोष्ठीमा गायत्री लम्साल, उर्मिला पन्त पाण्डेय, डा.राजेन्द्र अधिकारी, कात्यायन, गोपाल बराल, शान्ता मानवी, गोपालकुमार मैनाली, रमेश पोखरेल, प्रा.डा.भीम खतिवडालगायतले समसामयिक कविता, गीत, हाइकु वाचन गरे।

वाचित सिर्जनमाथि टिप्पणी गर्दै प्रा.डा.भीम खतिवडाले यतिखेर साहित्यमा भन्दा समाजसेवा नामको राजनीतिक व्यस्तता बढेको बताए। 'हामी स्रष्टाले आफ्नो काम गरिरहेके छौँ, खबरदारी गरिरहेकै छौँ, देशलाई केन्द्रमा राखेर सिर्जनाका माध्यमबाट विशिष्ट आस्था सम्प्रेषण गर्ने कार्य गरिरहेका छौँ।

तर पनि स्रष्टाका आवाज नेपाली राजनीतिले सुनिरहेको छैन', उनले भने, ' वाचन गरिएका कवितामा कविता हराएको, इमान हराएको, निष्ठा हराएको, वाचाकसम हराएको मिठो व्यङ्ग्यप्रस्तुत भएको छ । दोषको मापन नै गर्ने हो भने कोही कम र कोही बढी होलान् तर दोषी सबै छन्, बोलेका कुरा पूरा भएनन् भन्ने चिन्तासहितको सरल र सुन्दर व्यङ्ग्य कवितामा आएको छ ।'

आस्था र विश्वास भनेर पूजा गरेका अलपत्र ढुङ्गाहरू सांस्कृतिक रूपान्तरणको कार्यसम्पादन नै नगरी अलप भएको व्यङ्ग्यपूर्ण र सौन्दर्यपूर्ण सम्प्रेषण पनि कवितामा गरिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.