|

काठमाडौं : २४ घण्टामा ३ हजार ८ सय १९ को पिसिआर परीक्षण हुँदा २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म कुल संक्रमित २ लाख ६७ हजार ६५ पुगेको छ। हालसम्म २० लाख ८ हजार ९ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ।

त्यसैगरी, ४ सय ७७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६१ हजार ४४ संक्रमण मुक्त भइसकेका छन्। थप ६ जनाको मृत्यु भएको छ। कुल मृतकहरूको संख्या १९ सय ५४ पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.