काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले संसद् विघटन नयाँ, ताजा जनादेशका लागि भएको जनाएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, 'प्रचण्ड कमरेडहरूले भनेझैँ संसद् मासेको, संसद्को हत्या गरेको नभई नयाँ जनादेशमार्फत् जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसद्को खोजी भएको हो।'
उनले प्रधानमन्त्री ओलीको पुस ५ गतेको कदम नयाँ युगतर्फको यात्रा भएको पनि बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।