|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  आफूभन्दा २८ वर्ष कम उमेरकी युवतीसँग विवाह गर्ने भएका छन्।  ५० वर्षीय राईले संखुवासभाकी २२ वर्षीया ज्याङमु शेर्पासँग विवाह गर्न लागेका हुन्।

राईको माघ ११ गते काठमाडौंमा विवाह हुने उनको  सचिवालयले जनाएको छ। मिस मंगोल-०१८ को ताज विजेता शेर्पासँग हुने विवाहमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यहरू मात्र सहभागी हुनेछन्।

किशोर उमेरदेखि नै राजनीतिमा सक्रिय राईले मोडलसँग विवाह गर्न लागेका हुन्। राईले मुख्यमन्त्री भएपछि मात्रै विवाह गर्ने प्रतिबद्धता जनाएका थिए। पछिल्लो समयमा उनले  प्रदेश १ को नामकरणपछि मात्र विवाह गर्ने बताएका थिए।

तर, प्रदेशको नामकरण अझै हुन सकेको छैन। भने मुख्यमन्त्री राईविरुद्ध नेकपाकै बहुमत सांसदहरुले प्रदेशसभाभामा अविश्वासको प्रस्ताव पेश गरेको बेला उनी  विवाहको तयारीमा जुटेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.