|

सिन्धुपाल्चोक : नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी फागुन ४ र ५ गते हुने भएको छ। सिन्धुपाल्चोकको हेलम्बुमा सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

महासंघले यसअघि फागुन ३ गते निर्वाचन गर्ने निर्णय गरेको भएपनि समय अभाव र राष्ट्रिय राजनीतिले पारेको प्रभावका कारण साधारणसभा मात्रै गर्ने र त्यसपछि मात्रै निर्वाचनको टुङ्गो लगाईने भएको हो।

बैठकमा पत्रकार महासंघको नयाँ वेबसाइट समेत सार्वजनिक गरिएको छ। देशभरका पत्रकारको तथ्यांक राख्ने, विभिन्न विषयमा उजुरी तथा गुनासो समेत गर्न मिल्ने गरी नयाँ वेभसाइट निर्माण गरिएको पत्रकार महासंघका अध्यक्ष्य गोविन्द आचार्यले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.