आक्रोश र आवेगका साथ आन्दोलनमा सहभागी हुन युवाहरूलाई आह्‍वान

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अस्वाभाविक मानिस भएको टिप्पणी गरेका छन्।

काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको दोस्रो केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ओली मलामी जाँदा हाँस्दै जाने र बिहेमा जाँदा रुँदै हिँड्ने खालको मानिस भएको टिप्पणी गरेका हुन्। ठूलो त्याग र बलिदाबाट प्राप्त उपलब्धिमाथि प्रहार भएका कारण आफुहरुको आन्दोलन पनि आवेग र आक्रोसका साथ हुन जरुरी रहेको बताए। 

यसअघि हिजो ओलीले प्रचण्डले जोक्कर भनेको उद्धृत गर्दै आफू मान्छे मार्दै हिँड्ने नभई जनतालाई खुसी राख्ने मानिसक भएको टिप्पणी गरेका थिए। २०६२–६३ को जनआन्दोलनका बेला ७ राजनीकिक दलको कार्यक्रम हुँदा रत्नपार्कमा गिरिजाप्रसाद कोइरालाको टाउको पुलिसको डण्डाले चुटेको र अरू नेताहरूलाई पनि पुलिसले समातेर भ्यानमा कोचेको दृश्य स्मरण गर्दै प्रचण्डले अहिले आफू पनि सबैभन्दा अगाडी बसेर आन्दोलन गर्न तयार रहेको बताए।

अस्ति माइतिघरको चिसो सडकमा बस्दा गौरवको अनुभूति भएको बताउँदै उनले युवाहरुको टाउको जोगाउन आफूहरु अगाडि लाग्न तयार रहेको बताएका हुन्। त्यसक्रममा अध्यक्ष प्रचण्डले आक्रोश र आवेगको आन्दोलनमा सहभागी हुन युवाहरूलाई निर्देशनसमेत दिए।

त्यसक्रममा प्रचण्डले सूर्य चिह्न र आधिकारिक पार्टी आफ्नै हुने तथा अदालतले संविधानको अक्षर र भावनालाई हेरेरै निर्णय गर्नेमा विश्वास रहेको बताए। तर, आफूहरू त्यसको सहजिकरणको लागि जनतालाई आन्दोलित गर्ने आफ्नो दायित्वबाट पञ्छिन नसक्ने भएकाले दोस्रो चरणको आन्दोलनमा रहेको तर्क गरे। यो समूहले यही माघ ९ गते काठमाडौंमा हुने प्रदर्शनमा २ लाख मानिस उत्रार्ने दाबी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.