|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मूर्त–अमूर्त सम्पदाको संरक्षणमा काठमाडौं महानगरपालिका एकाग्र भएर लागेको बताएका छन्। आज वडा नं २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको आगँ छेँ पुनर्निर्माणको शिलान्याश गर्दै शाक्यले यस्तो बताएका हुन्। 

‘काठमाडौं ऐतिहासिक र सांस्कृति शहर हो। यहाँ लामो समयदेखि जीर्ण बनेका सयौँ सम्पदा छन्। यिनीहरूको संरक्षण गर्नु राज्य र हाम्रो पनि दायित्व हो,’ शाक्यले भने,‘अब पनि हामीले सहयोग नगरी त्यस्तै अवस्थामा छाडिदिने हो भने जीर्ण बनेका सम्पदा भग्नावशेष अवस्थामा पुग्ने निश्चित छ।’

शाक्यले परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जीवन्न बनाउन सबैको हातेमालो आवश्यक रहेको स्मरण गराए। ‘हाम्रो परम्परा, इतिहास, संस्कृति र सस्कारलाई जोगाउने काम गुठियारहरुले गरिरहेका छन,’ शाक्यले भने,‘यस्तो अवस्थामा जीर्ण सम्पदाहरूको संरक्षणमा राज्यको पनि सहयोग हुँदा उहाँहरू थप उत्साहित हुनुभएको छ। महानगरवासी अहिले महानगरपालिकाले सम्पदा संरक्षणका लागि लगानी गरेको देखेर थप आशावादी बन्नुभएको छ।’ 

महानगरपालिकाले सम्पदा निर्माण, पुनर्निर्माणमा गरेको लगानी सयौँ वर्षका लागि हुने दाबी गरे। उनले भने,‘हामी जनप्रतिनिधि अस्थायी हौँ। तर, यो कार्यकालमा सम्पदा निर्माण,पुनर्निर्माणसँगै सम्पदा संरक्षणका लागि गरिएका कामहरु यहाँका बासिन्दाका लागि स्थायी हुन। काठमाडौँमा मुख्य गरेर १८ ओटा विहार रहेका छन्। त्यो मध्येको लगं बहाः एक महत्वपूर्ण विहार हो।’

आफ्नो पूर्खाले आफ्नै आयस्रोतबाट निर्माण गरेको ऐतिहासिक विहार जीर्ण बनेका बेला स्थानीय सरकारको तर्फबाट सहयोग गर्न पाउँदा गौरव लागेको पनि उनले तर्क गरे। उनले ऐतिहासिक, धार्मिक र पुरात्वात्विक महत्वका सम्पदाको संरक्षण गर्नुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले प्रयाप्त बजेट पनि विनियोजन गरेको बताए।

केही सम्पदा निर्माण–पुनर्निर्माणमा गुठियार–गुठियार बिचमै उत्पन्न विवादलगायतका कारणले ढिलाई भएको उनको भनाई छ। महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तरगत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगँ छेँ को लागत २ करोड ८५ लाख रहेको छ।

२०७८ मंसिरसम्म सम्पन्न गर्नुपर्ने कार्यादेश पाएको निर्माण कम्पनी तुलसी कन्स्ट्रक्शनले समयमै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।  महानगरपालिकाले यस अघि नै लगं बहाः भित्रै अवस्थित दिगुद्यः पनि पुनर्निर्माण सम्पन्न गरको छ। २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको दिगुद्यः को पनि प्रमुख शाक्यले नै उद्घाटन गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.