|

काठमाडौं :  प्रधानमन्त्री कप  एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ ले गण्डकी प्रदेशलाई १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २७ ओभर ४ बलमा अलआउट भएर १ सय २ रन मात्र बनाउन सक्यो। प्रदेश–१ का कप्तान सिद्दान्त लोहनीले २४ रन बनाए। मिनास थापा २२ रनमा आउट भए।

गण्डकीका विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए। यस्तै सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए। आज गण्डकी र प्रदेश–१ पहिलो जितको खोजीमा हुनेछ। समूह ‘ए' मा रहेको दुबै टिमले अंक जोड्न सकेका छैनन्।

पहिलो खेलमा गण्डकी आर्मीसँग र प्रदेश–१ एपीएफसँग पराजित भएको थियो। आजै भएको अर्को खेलमा बागमती र सुदूरपश्चिमबीचको खेल जारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.