|

काठमाडौं : एनसेलले साना तथा ठूला उद्योग, प्रतिष्ठान र कार्यालयलाई मध्यनजर गर्दै ‘बिजप्लस प्लान’ सञ्चालनमा ल्याएको छ। 

आफ्नो पुरानो बिज प्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझ थप सेवा सुविधाका साथ ग्राहकका आवश्यकता बमोजिम सेवा प्रवाह गर्नका बिजप्लस प्लान ल्याएको एनसेलले जनाएको छ। भ्वाइस, डाटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएका यी प्लानहरुले उद्यमी, व्यावसायीहरुलाई नव सामान्यीकरण आत्मसात् गर्दै छिटो अगाडि बढ्न र उनीहरुको लक्ष्य प्राप्तिका लागि योगदान गर्ने बताइएको छ।

साना तथा मझौला उद्योग र सरकारी कार्यालय तथा निकायहरुले ३० दिनका लागि करबाहेक १४९ रुपैयाँबाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक करबाहेक २९९ रुपैयाँबाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्ने एनसेलले जनाएको छ।

नयाँ बिजप्लस प्लानअन्तर्गत ग्राहकले एनसेल नेटवर्कभित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात् परिवार तथा साथीभाइका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधा पाउनेछन्। यसका साथै बिजप्लान प्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाहरुको फाइदा लिन सक्न्छन्। 

साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकता अनुसार ३० दिनको १४९ रुपैयाँ वा १९९ रुपैयाँ शुल्क लाग्ने प्लानहरु सञ्चालन गर्न सक्छन्। कर्पोरेट ग्राहकले २९९ रुपैयाँदेखि १ हजार ४९९ रुपैयाँसम्म ६ वटा बिजप्लानमध्ये कुनै पनि प्लान सञ्चालन गर्न सक्छन्। त्यस्तै, सरकारी कार्यलयका ग्राहकले १४९ रुपैयाँदेखि ४९९ रुपैयाँसम्मका चारवटा प्लानमध्ये आफ्नो आवश्यकताअनुसार कुनै पनि प्लान सञ्चालन गर्न सक्छन्। बिजप्लान अन्तर्गत मासिक शुल्क प्लानमा रहेको सेवा तथा सुविधाको आधारमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.