संसद पुनःस्थापना हुने दाबी

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विषयमा कुनै सम्झौता नहुने जिकिर गरेका छन्। राष्ट्रिय युवा संघ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'प्रधानमन्त्रीलाई संसद् विघटन गर्न पाउने कुनै अधिकार छैन। संविधानमा कहीँ पनि लेखिएको छैन' उनले भने, 'ओलीले संविधान र गणतन्त्रको हत्या गर्ने प्रयास गरेका छन्। हामी त्यो सफल हुन दिँदैनौँ।' ओलीको प्रतिगामी षडयन्त्रको विषयमा कुनै सम्झौता नहुने उनले बताए। 

'ओलीको प्रतिगामी षडयन्त्रको विषयमा कुनै सम्झौँता गर्दैनौँ। हामी परास्त गरेरै छाड्छौँ' उनले भने, 'अदालतलाई उहाँहरूको जवाफ हामी संविधान हेरेर होइन राजनीति अवस्था हेरेर गरेका छौँ भनेका छन्। के समस्या आइलाग्यो त्यस्तो?' 

उनले संसद पुनःस्थापना हुने दाबी गरे। 'ओलीले झुट र जाली झेली गरिरहेको कुरा गरिरहेका छन्। तर, हामी संसद् पुनःस्थापना गराएरै छाड्छौँ' उनले भने। 

'काम गर्न दिएनन् मात्रै भन्ने? बैठकमा पनि नआउने सबै विषय एकलौटी रूपमा गर्ने?' उनले भने, 'प्रचण्डले ओलीले सरकार चलाउँछु भनेपछि आधा आधा गर्ने सहमति छाड्नुभयो। तर, एकलौटी चल्नु मात्रै भयो। त्यसैले समस्या आयो।' पार्टी र सरकार ढंगले सञ्चालन नभएसम्म प्रभावकारी काम हुन नसक्ने दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.