सामूहिक कामले सफलता

|

डरको रंग हुदैन रहेछ। कस्तो, कसरी र कुन बाटो भएर डरको आगमन हुन्छ त्यसको बारेमा मानिसलाई केही पत्तो हुदैन। डर एक्कासी पैदा भएपछि समय बितेपछि त्यो अनुभुति मात्र बन्छ।

गत वर्षको चैत-वैशाखको तापक्रममा गर्मी बढेसँगै त्रास बढदै गयो। कारण थियो कोरोना महामारीमा संक्रमितको ग्राफ उकालो लाग्दै गयो। तापक्रम बढेसँगै मानिसमा डर जमेर बस्यो। कोरोना जस्तै केही डर क्षणिक, दीर्घकालीन बन्छन् र विलीन हुँदै गएपनि अझ सुषुप्त बन्दै जाने रहेछन्।

पुरुषले गर्ने काम महिलाले हिजो आज सहजै गर्न सक्ने भइसकेका छन्। हिमाल आरोहण, बैंकिङ,चिकित्सा क्षेत्रदेखि विभिन्न प्रशासनिक निकायको उपल्लो दर्जामा पुगी महिलाले आफ्नो क्षमता देखाउन थालिसकेका छन्। तिनै मध्येकी एक हुन महिला सशस्त्र प्रहरी बलका नायव उपरीक्षक (डिएसपी) तथा बलम्बु अस्पतालकी 'मेट्रोन' (नर्सिङ प्रमुख)  लक्ष्मी अधिकारी जागिरे जीवनमा प्रवेश गरेको १८ वर्ष भयो। यतिखेर कोभिड अस्पतालको व्यवस्थापनको जिम्मेवारी उनै लक्ष्मीले जिम्मा पाएको छिन्।

कोरोना संक्रमित मृतकको अनुहार आफन्तले कहिलेसम्म हेर्न नपाउने?

जब उनी सेवामा प्रवेश गर्दा मुलुकमा जनयुद्ध चल्दै थियो। 'युद्ध हुँदा नलागेको डर यसपटकको कोरोना महामारीले मनमा डर जमाए  बस्यो,' उनी भन्छिन्।जनस्वास्थ्यका मापदण्ड पालना गरेमा धेरै सुरक्षित रहन सक्ने उनी बताउँछिन्। उनका अनुसार हिजो आज साथमा नछुट्ने पन्जा, मास्क र स्यानिटाइजर छन्।

सरकार मुलुकभर कोरोना संक्रमितको उपचार गर्नलाई धमाधम 'कोभिड डेडिकेटेड' अस्पताल बनाउनलाई तयार गर्दै थियो। त्यहिँ समय शसस्त्र प्रहरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि संक्रमितको उपचार गर्नलाई तालिम दिने र भैपरी अवस्थामा कसरी उपचार गर्न सकिन्छ भन्दै परामर्श अभियानमा जुटेको थियो।

कोरोना जितेर भेरी अस्पताल थेगेका डाक्टर

लक्ष्मी अहिले अस्पतालको मेट्रोको रुपमा छिन्। उनले अस्पतालका सबै स्वास्थ्यकर्मीको नेतृत्व गरेकी छिन्। अस्पतालमा ५५ जनाको टिमलाई सम्हालेर काम गरिरहेकी छिन्। अस्पतालमा कोभिड संक्रमितको उपचार हुन थालेपछि सम्पूर्ण जिम्मा उनले सम्हालेकी छिन्।

'डर सबैलाई हुन्छ, म पनि मानिस हुँ। सबैलाई लाग्ने डर मलाई नहुने पनि हुदैन थियो। मैले डरलाई जसरी पनि नियन्त्रण गर्नु थियो। आफै डराए भने अरुलाई कसरी सम्झाउने किनभने मेरो काँधमा ठूलो जिम्मेवारी आइपरेको थियो। डरबाट जित्ने हो भाग्ने होइन्, ' थाहाखबरसँग कुरा गर्दै उनले भनिन,' डराएर भागेर जाने ठाउँ पनि थिएन। संसारभर फैलिइसकेको थियो।

डरलाई काबुमा राखे। पाँच पटक सम्म पिसीआर परीक्षण गरे तर, कोरोना देखाएन। अस्पतालको व्यवस्थापन राम्रोसँग भएकोले मृत्यु हुनेभन्दा पनि संक्रमणमुक्त भएर जानेको संख्या बढी रहेको छ।'

अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाएपछि सबै जिम्मेवार हामीले सम्हाल्नुपर्छ भन्दै उनी अन्य सहकर्मीलाई सम्झाउन थालिन्। आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने र यो हाम्रो लागि अवसर भएको भन्दै अरुलाई उनले बुझाउँदै गइन्। स्वास्थ्य क्षेत्रमा लामो समयसम्म अनुभव सम्हालेको र दक्षता भएकै आधारमा लक्ष्मीले कोभिड अस्पतालको सम्पूर्ण जिम्मा पाइन्।

उनलाई सुरुवातमा अस्पतालको व्यवस्थापन लागिरहँदा कतिपयले कोरोनालाई बेवास्ता गरेको जस्तो लागेको थियो। केहीले उपचारमा सहभागी जनाउन आनाकानी गरेका र जिम्मेवारीबाट पन्छिन खोजेको जस्तो उनलाई आभास भएको थियो। संकटमा आफूले पाएको जिम्मेवारीबाट कहिले भाग्न नहुने उनको तर्क छ।

कोरोना कसरी सर्छ र यसबाट कसरी बच्न सकिन्छ भन्दै तालिम सञ्चालन गरिएको उनी बताउँछिन्। संक्रमण फैलनबाट कसरी बच्न सकिन्छ विभिन्न उपाय अपनाउनुलाई अनुरोध गरिएको थियो।

समूहमा गरेको कामले सफलता

उनको विचारमा ठूलो-ठूलो विपत्तिमा मानिसलाई सधैंभरी मनोवैज्ञानिक काउन्सिलिङको एकदमै जरुरी हुने गर्छ। संक्रमितको उपचार गर्नुभन्दा अगाडि संलग्न चिकित्सक तथा नर्सलाई मनोवैज्ञानिक रुपमा बलियो बनाउने काममा उनी दृढ भएर लागेकी थिइन्।

उपचार गर्न आएका संक्रमितले केही कुराको अभाव भयो भनेर गुनासो नगरेको उनले सुनाइन्। केही कुराको पनि कमी हुन नदिन खटिएको थिए र भगवानको शक्तिले होला प्रायःजसो बिरामी हुने लक्ष्मी महामारीमा अस्पतालमा समय दिनुपर्ने भएर होला एकदिन पनि बिरामी भइनन् उनी। अस्पतालमा मेरो खाँचो भएर होला त्यो अभाव कहिले पनि हुन नदिएको उनी बताउँछिन्।

‘कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ’

'हामी यहाँ काम गर्नलाई आएका छौ। डराएर हुदैन काम गर्न आएकोले कसरी सुरक्षित भएर काम गर्न सकिन्छ त्यस्ता सल्लाह सुझाव समय-समयमा दिइरहने गरेको थिए,' उनले भनिन।

पहिलोपटक संक्रमितलाई उपचार गर्न ल्याउँदाको क्षण सम्झिदै भन्छिन्,' उपचार गर्ने टिमलाई पठाउन मानसिक रुपमा तयार बनाएका थियौं। म जान्छु, सक्छु र बढी आत्मविश्वास भएका साथीलाई तयार गरेका थियौं।' चीनको वुहानबाट आएका नेपाली विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राखिएको थियो र सशस्त्रको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले निगरानी गरेका थिए। सुरुदेखि बाहिरबाट आएकाले स्वास्थ्यकर्मीलाई गाह्रो नभएको हुन सक्ने उनको बुझाइ छ।

‘सिकिस्त बिरामी निको भएर फर्किंदा सबैभन्दा धेरै खुशी मिल्छ’

सामूहिक रुपमा काम गरेकोले पनि अस्पतालले संक्रमितको उपचारमा सफलता गरेको उनको विश्वास छ। ' हामीले समूहमा रहेर काम गराै‌ं। सबैको अपनत्व महसुस गराउन सक्ने गरी काम गरेकोले पनि हामी सफल भइए जस्तो लागेको छ,' अस्पतालकी मेट्रोन लक्ष्मी भन्छिन्,' अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको योगदान उत्तिकै छ। अस्पताल प्रमुख देखि कन्सल्टेन्सी, सम्पूर्ण स्वास्थ्यकर्मी र अन्य कर्मचारीको सामूहिक योगदानले सफलता पाएको हो जस्तो लाग्छ।'

समाजको सोच बदलिएन

कोभिड अस्पतालको व्यवस्थापन सम्हालेर बसेकी लक्ष्मीलाई महामारी कालमा समाजले गरेको व्यवहार सम्झँदा अहिले पनि समाज अग्रगमनको पथमा लम्कनेमा आशंका छ। गएको केही दशकमा मुलुकमा समाज परिवर्तन गर्न ठूला-ठूला विद्रोह भए तर, समाजमै अरुलाई स्वस्थ्य बनाएर हिँड्छु भन्नेलाई घृणा गरेको देख्दा उनलाई दुःख लागेको छ। उनलाई कोभिडको कारण मानिसका व्यवहार र समाज बुझ्ने अवसर पाए जस्तो लाग्छ।

'संक्रमितको उपचार गरेर अस्पतालमै दशैँ मनाउँछौँ'

'तीज कार्यक्रममा आफन्तले बोलाउनु भएको थियो, छिमेकीलाई पनि बोलाउनु भएको थियो,' भावुक हुदै उनी भन्छिन्,' तर, छिमेकीले कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई बोलाउने हो भने म आउँदिन भनेको थाहा पाए। आफन्तलाई म आउँदा अन्य मानिस आउदैंनन् भने म आउँदिन र सबैलाई बोलाएर रमाइलो गर्नु भनेर खबर गरे।'

सबै कुरा बुझेकाले त्यस्ता घटनालाई सहजै स्विकार्न सक्ने भएकोले अप्ठयारो महसुस नभएको उनी बताउँछिन्। टोलमा मानिसले गरेको व्यवहार स्मरण गर्दै उनी भन्छन,' औषधि किनेर ल्याएको मानिसले यो कस्तो औषधि हो हेरिदिनु भन्थे र हेर्न खोज्दा हातले नछोइकन हेर्नु भन्थे।'

जिम्मेवारीबाट कहिले भागिन

नर्सिङ प्रमुख भएपछि र व्यवस्थापनको जिम्मेवार पाएकोले लक्ष्मीले कहिले विदा लिइनन्। उनी लकडाउनमा घरबाटै अस्पताल आउने गर्थिन्। अस्पतालको गाडीले नल्याउँदा हिडेर पनि अस्पताल पुगेको उनी सुनाउँछिन्। आफ्नो जिम्मेवार पुरा गर्नको लागि जस्तोसुकै कठिन अवस्था पनि पार गर्नलाई उनी सुझाव दिन्छिन्।

१४ वर्षसम्म घरमा मनाएको दशैँ,  महामारीले अस्पतालमै

महामारीमा छुट्टिएर बसेका हर कोहीले परिवारको साथ मिस गर्छन्। अझ बढी मिस गर्छन् भने तिनै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हुन्। किनभने परीवार नभनी रातदिन देश,जनता र बिरामीका लागि निरन्तर सेवा गरिरहेकी हुन्छन्। लक्ष्मीले पनि परिवारको साथ अति धेरै मिस गरिन्। घरबाट अस्पताल जाने गरे पनि उनले परिवारको साथमा बसेर सँगै बसेर खाना खान पाइनन्। एउटै भान्सा भएपनि अरुले खाना खाइसकेपछि उनी गएर खाना खान्थिन्।

‘देशभर अक्सिजन सहितका कोभिड उपचार केन्द्र थप्‍नुपर्छ’

'लक्षण भएको जस्तो महसुस भएमा बेग्लै बस्ने गरेको थिए,' उनी भन्छिन्,' त्यस्तो अप्ठयारो महसुस कहिले भएन।' महामारीको बाबजुद अफिसबाट थोरै समय लागेर दशै घरमा मनाए पनि तिहारमा बाबालाई कोभिड भएपछि अस्पतालमै समय बितेर गएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.