|

काठमाडौं : महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट कारागार कार्यालय, भीमफेदीमा रहेका कैदीबन्दीहरूका लागि पुस्तक उपलब्ध गराएको छ। महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता शिव वाग्लेले कारागार कार्यालय, भीमफेदीका प्रमुखलाई पुस्तक हस्तान्तरण गरेका हुन्‌।

पुस्तक हस्तान्तरण कार्यक्रममा वाग्लेले कारागार र हिरासतमा रहेका थुनुवा तथा कैदीहरूको मानव उचित व्यवहार भए/नभएको विषयमा प्रत्येक वर्ष अनुगमन हुँदै आएको बताए।

अनुगमन गर्दा कारागारहरूमा रहेका पुस्तकालयहरूलाई थप सुदृढ तुल्याउनुपर्ने देखिएको तथा सामान्य लेखपढ गर्न जान्ने तथा उच्च शिक्षा हासिल गरिसकेका थुनुवा तथा कैदीबन्दीहरूका लागि सुहाउँदा पुस्तकहरू उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको जानकारी दिए। 

साथै, कैदीबन्दीहरूको हकअधिकारबारे भएका व्यवस्थाहरू, आफूलाई कुन दफा अन्तरगत मुद्दा चलाइएको हो र के-कति कैद भुक्तान गरिएमा छुटकारा पाउन सकिन्छ, मुद्दा पुनरावेदनको प्रकृया के-के हो लगायत विषयमा शिक्षित कैदी न्दीहरूले आफैँ अध्ययन गर्न सकुन् भनी महान्यायाधिवक्ताको कार्यालयले ऐन नियमका पुस्तकहरू समेत प्रदान गरेको वाग्लेले बताए।

संस्थागत सुधारमार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा १ लाख १७ हजार रुपैयाँ मूल्य बराबरका ऐन, नियमका संग्रह लगायतका साहित्य, इतिहास सहित अन्य पठनीय सामग्रीहरू कैदीबन्दीलाई अध्ययन निम्ति हस्तान्तरण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.