|

झापा :  सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि भद्रपुर नगरपालिका-५ स्थित नेपाल, भारत सिमानाका नजिक मेची पुल पारी अस्थाई प्रहरी विटको स्थापना गरिएको छ। उक्त विटको भद्रपुर नगरपालिका प्रमुख जिवन कुमार श्रेष्ठले सोमबार आयोजित एक कार्यक्रमबीच उदघाटन गरे।

गत जेठ २४ गतेबाट निर्माण कार्य शुरु भएको उक्त विट जम्मा १६ लाख ८० हजार ६ सय ५८ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो।  

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिहरुको रोकथाम गरी नागरिकलाई शान्ती सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले वडा प्रहरी कार्यालय भद्रपुर र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको विशेष पहल तथा भद्रपुर नगरपालिकाको सहयोगमा उक्त प्रहरी बिट निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.