|

काठमाडौं :  सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

सुनसरीको ईटहरी उपमहानरपालिका-१६ लाईन चोकमा प्रदेश १-०२-००१ ज ३९३९ नम्बरको म्याजिक र बागमती प्रदेश ०२-०२० प ७१२० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक रामधुनी नगरपालिका-२ बस्ने २८ वर्षीय पर्वत कुमार चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल ईटहरी हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ २२ वर्षीय नबिन चौधरीको एपेक्स अस्पतालमा उपचार भइरहेको छ। म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, मोरङको उर्लाबारी नगरपालिका-३ सेउपाँखास्थित सडकमा प्रदेश १-०१-००१ ख ३४१० नम्बरको बसले मे.६ प ३७४४ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक कानेपोखरी गाउँपालिका-५ बस्ने ३७ वर्षीय सूर्य बहादुर धिमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मंगलबारे अस्पताल उर्लाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २५ वर्षीया तृत्णा खनाललाई थप उपचारको लागि विएनसी अस्पताल विर्तामोड रिफर गरिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको  छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.