भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा १५ जनाको मृत्यु भएपछि तिनका परिवारलाई सरकारले राहत दिने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई २ लाख भारतीय रुपैयाँको दरले राहत दिने बताएका हुन्।
मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनप्रति सहानुभूति समेत व्यक्त गरे। मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय सहायता कोषबाट सो रकम दिइने भएको हो।
'सुरतमा भएको दुर्घटनामा परी मानवीय क्षति भएकोमा मलाई अत्यन्त दुःख लागेको छ, यो घटना ज्यादै पीडादायी छ, शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु', प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्। उनले घाइते भएकाहरुलाई पनि ५० हजार भारतीय रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने ट्वीट मार्फत् जानकारी दिएका छन्।
सुरतको कोसम्बामा सोमबार राति एउटा ट्रकले ठक्कर दिँदा मृत्यु भएका १५ जना मध्ये सात जना महिला, सात जना पुरुष र एक जना एक वर्षीय शिशु रहेको अधिकारीहरुले जनाएका छन्। घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीको भनाई छ।
Ex-gratia of Rs. 2 lakh each from PMNRF would be given to the next of kin of those who have lost their lives due to the accident in Surat. Rs. 50,000 each would be given to those injured.
— PMO India (@PMOIndia) January 19, 2021
तपाईंको ईमेल गोप्य राखिनेछ ।