|

काठमाडौं : सम्पदा अभियान्ताले काठमाडौं महानगरपालिका घेराउ गरेका छन्। महानगरपालिकाले ऐतिहासिक कमलपोखरीमा रातिको समयमा डोजर चलाएको भन्दै अभियान्ताले आज घेराउ गरेर विरोध प्रदर्शन गरेका हुन्।

सम्पदा अभियान्ता सञ्जय अधिकारीले महानगरपालिकाले पोखरीको ऐतिहासिकता मास्न लागेकाले प्लेकार्डसहित महानगर घेराउ गरेकाे बताए। उनले भने, ‘महानगरपालिकाले पोखरीमा रातिको समयपारी डोजर चलाएको छ। पोखरीको ऐतिहासिकता मासिनु हुन्न। यस विषयमा अब सर्वोच्च अदालतले पनि हेर्ला नि।’

उनका अनुसार मध्यरातमा कमलपाेखरीभित्र डोजर चलाई माटो ओसारेको विरोधमा आजै नगरप्रमुख विद्यासुन्दर शाक्यलाई सचेतना पत्र दिइने छ। पुरातत्व विभागले सोमबार पोखरीको ऐतिहासिकता नमास्नेगरी पोखरीको पुनर्निर्माण गर्न महानगरपालिलाई पत्र समेत काटिसकेको छ।

तर,पनि महानगरपालिका अटेर गरी रातीको समयमा पोखरीभित्र डोजर चलाउन थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.