|

काठमाडौं :  सम्पदा मास्न लागेको भन्दै अभियन्ताले काठमाडौं महानगरपालिका कार्यालय परिसरमा विरोध प्रदर्शन गरेका छन्।

महानगरले सोमबार राति कमलपोखरीमा डोजर चलाएपछि मंगलबार अभियन्ताहरुले महानगर परिसर घेराउ गरेका हुन्। सम्पदा अभियन्ता सञ्जय अधिकारीले महानगरपालिकाले पोखरीको ऐतिहासिकता मास्न लागेकाले आफूहरुले आन्दोलन गर्नुपरेको बताए।

अभियन्ताले प्लेकार्डसहित महानगर घेराउ गरेका पुरातत्व विभागले सोमबार पोखरीको ऐतिहासिकता नमास्ने गरी पोखरीको पुनर्निर्माण गर्न महानगरपालिकालाई पत्रसमेत काटिसकेको छ।

तर महानगरपालिकाले अटेर गरी रातिको समयमा पोखरीभित्र डोजर चलाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.