'आफ्नो बच्चाको हत्या गर्न खोजेपछि जोकोही गर्जिन्छ'

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा राजा महाराजाहरूको दुर्गन्ध आउने बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली धुर्त भएका आरोप पनि लगाए।

'ओलीले आफ्नो अधिकार नभएको प्रयोग गरेका छन्। देशलाई अराजकताको भूमरीमा लाने प्रयास भएको छ। त्यसलाई जसरी भए पनि रोक्नुपर्छ', उनले भने, 'ओलीको भाषामा राजा महाराजाको गन्ध गइरहेको छ।'  

'आफ्नो पार्टी र आफ्नै प्रस्तावका गरेकोे प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजिरहेका छ। त्यसलाई हामीहरुले जोगाउनुपर्छ उनले भने,' कसैले आफ्नो बच्चाको हत्या गर्न खोज्छ', उनले भने, 'त्यसको रक्षाका लागि जस्तोसुकै कदम चलाउन सक्नुपर्छ।' 

नेपाली जनता सिंहको संज्ञा दिँदै भएको दाबी गर्दै सबैले एकपटक गर्जिनुपर्ने तर्क गरे। ओलीको प्रवृत्ति तानाशाही र निरङ्कुश भएको बताए। विधि र पद्धतिबाट चल्नुपर्ने भएकाले आफूहरु हिंसाको बाटोमा नरहेको जिकिर गरे। अबको लक्ष्य भनेको समाजवादको लक्ष्य रहेको बताए। 

पार्टीभित्र बहुमतको निर्णय लागू हुने विधानमा रहेको स्पष्ट पारे। पार्टी एकता गर्दा ओलीले किर्ते सहमति गरेको दाबी गरे। 'उहाँले प्रधानमन्त्री बन्नका लागि जेमा पनि सही गर्ने अनि लागू गर्ने बेलामा कुनै कुरा नमान्ने गर्न थाल्नुभयो', उनले भने, 'पार्टीले कारबाही गर्छ भन्ने लागेपछि संसद भत्काउनतर्फ लाग्नुभयो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.