सचिवमा खेम लोहनी

|

काठमाडाैं : नेकपा ओली पक्षले बागमती प्रदेश कमिटी अध्यक्ष नारायण दाहाललाई हटाएर सचिव आनन्द पोखरेललाई अध्यक्ष चयन गरेको छ। 

आज बसेको ओलीपक्षीय बागमती प्रदेश कमिटी बैठकले खेम लोहनीलाई प्रदेश कमिटी सचिव बनाएको छ। आज केहीबेर अघि ओली समूहका केन्द्रीय तथा पूर्वमन्त्री महेश बस्नेतले अध्यक्ष तथा सचिव दुवैलाई फेसबुकमार्फत बधाई दिएका छन्।

पूर्वमन्त्री पोखरेल दोलखाबाट २ पटक सांसद भइसकेका नेता हुन् भने खेम लोहनी २०७४ को प्रतिनिधिसभा चुनावमा धादिङबाट निर्वाचित भएका थिए। हटाइएका दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहालका भाइ हुन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.