भोलि नै काठमाडौं आइपुग्‍ने

|

काठमाडौं :   भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने भएको छ। स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी र  नेपालका लागि भारतका महामहिम राजदूतको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भारतले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको बताए।

भिडियो :

भ्याक्सिनको पहिलो खोप बिहीबार नै काठमाडौं आउने मन्त्री त्रिपाठीले बताए। 'फागुनमा आउँछ भनेको थिएँ। अब पहिलो खोप भोलि नै आउँछ। मलाई कारवाही हुँदैन होला नि? सरकारको निरन्तर प्रयास र भारतको सहयोगमा अनुदानमा नै भ्याक्सिन आउन लागेको हो,' उनले भने।

औषधि व्यवस्था विभागले अघिल्लो साता भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड एष्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।

​भारतमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई प्रयोगको अनुमति दिइएको छ। कोभिशिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एष्ट्रोजन कम्पनीले विकास गरेका हुन्।

 भारतीय विदेश मन्त्रालयले कोभिड महामारीसँग लड्न नेपाल, भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, म्यानमार र सेसल्सलाई खोप अनुदानमा वितरण गरिने असअघि नै जनाइसकेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.