|

मुगु : छायाँनाथ रारा नगरपालिकाले निर्माण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्रका भवन वडा कार्यालयलाई हस्तान्तरण गरेको छ।

≠वडा नम्बर ८ शिवनगर ढोटुमा निर्माण सम्पन्न भएका आधारभूत स्वास्थ्य केन्द्र र वडा कार्यालय भवन तथा वडा नम्बर ९ मुर्मामा निर्माण भएको आधारभूत स्वास्थ्य केन्द्रको भवन नगरप्रमुख हरिजंग शाहीले उद्घाटन गरी सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरेका हुन्।

नगरप्रमुख शाहीले बाँकी वडाका भवन निर्माणाधीन रहेको पनि जानकारी दिए। उनका अनुसार नगरपालिकाको १४ वटा वडामा वडा कार्यालय र १० वटा आधारभूत स्वास्थ्य केन्द्र  निर्माण गरिने छन्।  प्रत्येक वडामा ४५ लाख रुपैयाँ बराबरको वडा कार्यालय भवन तथा ३८ लाख बराबरको आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.