|

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार हालसम्म २० लाख २६ हजार ७ सय २६ जनाको पिसिआर परीक्षण गरिएको छ। बुधबार मात्र पाँच हजार १२ जनाको कोरोना परिक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६८ हजार तीन सय १० जना छन्। जसमध्ये सक्रिय संक्रमित तीन हजार ६ सय ९३ छन्। बितेको २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय ७५ जना पुगेको छ भने तीन सय ८३ संक्रमणमुक्त भएका छन्।

हालसम्म २ लाख ६२ हजार ६ सय ४२ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या एक सय ७२ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.