|

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक  कदमले जनतासामु माफी माग्नु परेको बताएका छन्। 

बुधबार प्रदेश सभाको चौथो स्थापना दिवसको अवसरमा मुख्यमन्त्री भट्टले राजनीतिक अस्थिरता अन्त्य गर्ने भनेर जनताबाट पाँच वर्षका लागि भोट मागेका जनप्रतिनिधिले अहिले जनतासामु माफी माग्नुपर्ने अवस्था आएको बताए। 

प्रधानमन्त्री ओलीले गरेको संसद विघटन संविधानमा व्यवस्था नै नभएको र असंवैधानिक कदम भएको बताए। उनले भने, 'प्रधानमन्त्रीले पार्टी भित्रको रिस सदनमा प्रहार गरे, त्यसको परिमाण स्वरुप अहिले हामीहरुले जनतासामु माफी माग्नु पर्यो।' 

संसद विघटनको मुद्दा अहिले अदालतमा रहेको बताउँदै अदालतले सही निर्णय नगरे देश फेरि दुर्घटनातिर जाने निश्चित भएको बताए। सदन भंग गर्ने कुरा कसैले पनि स्वीकार नगरेको उनले बताए। 

प्रधानमन्त्रीले प्रदेश सभा विघटनबारे विभिन्न ठाउँमा बोल्ने गरेका भन्दै उनले आपत्ति जनाए। भने, 'प्रदेश सभाबारे संघीयता नचाहनेहरुले गलत हल्ला फैलाइरहेका छन जनताले यसको प्रतिवाद गर्नुपर्छ।' 

कार्यक्रममा मुख्यमन्त्री भट्टले तीन वर्षदेखि नयाँ व्यवस्थामा काम गर्दा केही अप्ठ्यारा आउनु स्वाभाविक भएको पनि बताए। आफूहरुलाई जनताको हितमा कसरी काम गर्न सकिन्छ भन्ने विषय चुनौतीपूर्ण भएको बताए। 

उनले नीति निर्माण र कार्यान्वयनमा केही ढिलाइ भएको स्वाभाविक भएको बताउँदै आर्थिक पाटोमा प्रदेश कमजोर भएको बताए। 'आर्थिक श्रोतको बाँडफाँटको विषयमा पटकपटक संघीय सरकारमा उठाएका छौं,' उनले भने। 

सुदूरपश्चिमका २५ लाख जनतालाई ३३ अर्ब बजेटले कसरी पुग्छ।

यस्तै कार्यक्रममा नेकपा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले  पनि प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको भन्दै विरोध जनाए। उनले प्रधानमन्त्रीको कदमलाई प्रदेश सभाले प्रतिवाद गर्ने बताए।

नेपाली कांङ्ग्रेस संसदिय दलका नेता रण बहादुर रावलले आफुहरु संस्थापक अवस्थामा रहेको भन्दै प्रदेश सभा दिगो बनाएर लैजानुपर्ने शुभकामना व्यक्त गरे। उनले प्रदेश सरकारले सभालाइ विजनेस दिन नसकेको बताउदै प्रदेश सभाले पास गरेका विधेयक कार्यान्वयन गर्न तर्फ अग्रसर नभएको आरोप लगाए। 

नेता रावलले पनि  प्रधानमन्त्रीले चालेको कदम संविधानको मर्मविपरीत भएको बताए। ओलीले चालेको कदमले लोकतन्त्रमाथि प्रहार भएको बताउँदै उनले यस कदमको प्रतिवाद गर्दै आएको बताए। उनले भने, 'नेपाली कांङ्ग्रेस लोकतन्त्र र प्रजातन्त्रको पक्षमा छ, सत्तारूढ दल सुध्रिए आफूहरु साथ दिन तयार छौँ।'

प्रदेश सभा सभामुख अर्जुन बहादुर थापाले संघीयताको जग बसालेको बताए। उनले प्रदेश सभाले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सफल भएको धारणा व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.